तनहुँमा पुरानै अनुहारको उम्मेद्‌वारी

तनहुँ । जिल्लाका १० वटै स्थानीय तहमा सोमबार तामझामका साथ मनोनयन दर्ता भएको छ । आइतबार दिनभर सुनसान बनेको स्थानीय निर्वाचन अधिकृतको कार्यालय सोमबार अन्तिम समयमा ठूला दलका उम्मेद्वारको भिड लाग्यो । ठुला दल बाजागाजासहित दर्तास्थल सम्म पुगेर मनोनय दर्ता गराए । सोमबार राती अबेरसम्म उम्मेद्वारको मनोनयन दर्ता भएको थियो ।

उम्मेद्वार छनोटमा विवाद हुदाँ अन्तिम समयसम्म पनि रस्साकस्सी थियो सबै जसो दलमा । सत्ता साझेदार दलले गठबन्धन गर्ने भनिएपनि केही स्थानीय तहमा मात्र गठबन्धन गरेर उम्मेद्वारी दर्ता गरिएको छ । सबै जसो दलहरुले स्थानीय तहको प्रमुख उपप्रमुखमा अघिल्लो पटक निर्वाचित भएकालाई दोहोर्‍याएका छन् । निर्वाचित पुरानै अनुहार दोहो¥याउनेमा नेपाली कांग्रेस अगाडी छ ।

कांग्रेसले जिल्लाको म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना र उपाध्यक्षमा बालकृष्ण घिमिरेलाई दोहोर्‍याउँदै मनोनयन दर्ता गराएको छ । ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पनि दोहोर्‍याउने सुरमा हुनुहुन्छ । अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापाले मनोनयन दर्ता गराउनु भएकाे छ । कांग्रेसले व्यास नगरपालिकाको मेयरमा बैकुण्ठ न्यौपाने, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा गिरबहादुर थापालाई दोहोर्‍याउँदै मनोनयन दर्ता गराएको छ ।

एमालेले देवघाट गाउँपालिकाको अध्यक्षमा दुर्गबहादुर थापा, भिमाद नगरपालिकाको उपमेयरमा शारदा खनाललाई दोहोर्‍याउदैँ मनोनयन दर्ता गराएको छ । माओवादी केन्द्रबाट बन्दीपुर गाउँपालिकाको अध्यक्षमा पूर्णसिं थापा र उपाध्यक्षमा करुणा गुरुङले मनोनयन दर्ता गराउनु भएकाे छ । दुवै अघिल्लो निर्वाचनमा विजयी हुनुभएकाे थियाे ।

अघिल्लो निर्वाचनमा पराजित भएका उम्मेद्वारहरूमा पनि यसपालि फेरि दोहोरिएका छन् । एमालेले म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्षमा रत्ना घिमिरेले दोहोर्‍याएको छ । देवघाट गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेले सावित्रा न्यौपानेलाई दोहोर्‍याएको छ । उहाँ अघिल्लो पटकको निर्वाचनमा कांग्रेसकी विमला थापासँग एक मतान्तरले पराजित हुनुभएकाे थियाे । आँबुखैरेनीको उपाध्यक्षमा एमालेकी मिना अधिकारीले उम्मेद्वारी दिनुभएकाे छ । उहाँ पनि अघिल्लो निर्वाचनमा उपाध्यक्षमै पराजित हुनुभएकाे थियाे।

देवघाटमा माओवादीले अध्यक्ष उपाध्यक्ष अघिल्लो पटककै दोहोर्‍याएको छ । तर, हेरफेर गरेर दोहोर्‍याएको छ । अध्यक्षमा सुशीला नेपाल र उपाध्यक्षमा भुवनसिंह गुरुङले मनोनयन दर्ता गराउनु भएकाे हाे।

गएको निर्वाचनमा व्यास नगरपालिकाको मेयरमा पराजित हुनुभएका शंकरनारायाण श्रेष्ठले यसपाली एकिकृत समाजवादीको तर्फबाट मेयरमै मनोनयन दर्ता गराउनु भएकाे छ । माओवादी केन्द्रबाट गएको निर्वाचनमा उपमेयरमा पराजित अतिन्द्रकेशरी न्यौपानेले पनि मेयरमा उम्मेद्वारी दिनुभएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button