कराँचीमा बम हमलामा तीन चिनियाँ शिक्षक मारिए

इस्लामबाद । पाकिस्तानको दक्षिणी सहर कराँचीमा भएको बम हमलामा तीन चिनियाँ शिक्षक र उनीहरूका पाकिस्तानी चालक मारिएका छन् ।

विश्वविद्यालय नजिक भएको सो आत्मघाती हमलामा अन्य चार जना घाइते भएका छन् ।

विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युट नजिक भएको सो हमलामा कम्तीमा चार जना घाइते भएका छन् ।

चिनियाँ कर्मचारी बोकेको कारमा हमला गरिएको विखन्डनकारी बालोचन लिबरेसन आर्मी (बीएलए) ले जनाएको छ ।

महिला आत्मघाती आक्रमणकारीले सो हमला गरेको सो समूहले जनाएको छ ।

समूहले पाकिस्तानमा चिनियाँ लगानीको विरोध गर्दै आएको छ ।

चिनियाँ लगानीबाट स्थानीय लाभान्नित हुन नसकेको सो समूहले जनाएको छ ।

समूहका तर्फबाट महिला आत्मघातीले गरेको यो पहिलो हमला हो ।

पाकिस्तानी तालिबानले जस्तै समूहले बारम्बार चिनियाँ नागरिकहरूलाई निशाना बनाउँदै आएको छ ।

चीनले पाकिस्तानमा ठूला पूर्वाधार परियोजनाहरूमा लगानी गरेको छ ।

त्यसमध्मे बलुचिस्तान प्रान्त पनि समावेश छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button