बाग्लुङमा कांग्रेसका वडा सभापति एमालेबाट अध्यक्ष उम्मेद्‌वार

पोखरा । गठबन्धनका कारण कांग्रेसबाट उम्मेद्वार उठ्न नपाएपछि वडा सभापतिले राजीनामा दिएर एमालेबाट उम्मेद्वार बनेका छन् ।

गलकोट नगरपालिका-६ का सभापति भक्त नेपाली कांग्रेस परित्याग गरी एमालेबाट वडाध्यक्ष उठेका हुन् ।

कांग्रेसले विचार नमिल्नेहरूसँग अप्राकृतिक गठबन्धन गरेको आरोप लगाउँदै नेपालीले एमाले रोजेको बताउनु भयाे ।

उहाँमात्रै होइन, जैमिनी नगरपालिकामा एमालेबाट उपप्रमुखमा उम्मेद्वारी दिनुभएकी यमुना देवी शर्मा पनि नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि हुनुहुन्छ ।

उहाँ यसअघि महिला संघको सचिव समेत भएर काम गरिसक्नुभएकााे छ ।

शर्माले कांग्रेसबाट उपमेयरको टिकट माग्नुभएकाे थियाे ।

जैमिनीमा कांग्रेसले जनमोर्चालाई मेयर दिएको छ भने हरिहर शर्मालाई उपमेयर उठाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button