देशभर थप ११ जनामा संक्रमण पुष्टि, १७ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट थप ४ हजार ११९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा थप ८ जना र १ हजार ७७२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ गरि कुल ११ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल नेपालमा २ सय ५२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भइ थप १७ जना डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार ५७५ पुगेको छ ।

कोरोना निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।

त्यस्तै, गत २४ घण्टामा देशभरबाट थप १ लाख २३ हजार ५९० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button