फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई गोलभेडा प्रहार

पेरिस । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँमाथि गोलभेडा प्रहार भएको छ ।

आइतबार पुनः निर्वाचित भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका म्याक्रोँमाथि गोलभेडा प्रहार भएको हो ।

राष्ट्रपति चुनावमा आफ्नो विजयपछि म्याक्राेँ फ्रान्सेली जनतालाई अभिवादन गरिरहेका बेला एउटा भीडबाट कसैले उनलाई गोलभेडा प्रहार गरेको थियो ।

तर राष्ट्रपतिलाई गोलभेडाले लागेन ।

म्याँक्रोलाई प्रहार गरेको गोलभेडा उहाँलाई नलागी उनका सुरक्षाकर्मीलाई लागेको थियो ।

गोलेभडाले लागेपछि ती सुरक्षाकर्मीले ‘प्रोजेक्टाइल’ भनेर चिच्याएका थिए ।

तत्काल सुरक्षा अधिकारीहरूले म्याक्रोँलाई चारै दिशाबाट घेरेका थिए ।

उनीहरूमध्ये एक जनाले एउटा विशेष झन्डा खोलेर म्याक्रोँलाई ढाकेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button