३० वैशाखमा सार्वजनिक बिदा दिन सरकारसँग आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

३० वैशाखमा देशभर सार्वजनिक बिदा दिन सरकारसँग सिफारिस गरेको हो ।

त्यसका लागि निर्वाचन आयोगले मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गरिएको छ ।

विगतमा पनि मतदानको दिन सार्वजनिक बिदा दिने गरिएको थियो ।

यसपटक पनि मतदानको दिन सार्वजनिक बिदाका लागि सरकारसँग सिफारिस गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयाे ।

यो विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button