
पोखरा । कांग्रेसका शीर्ष नेताको दवाव र चेतावनीका बाबजुद भरतपुर महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले आफ्नो उमेदवारी फिर्ता लिनुभएन।
उम्मेदवारी फिर्ता लिने निर्धारित समयसम्म पनि उहाँले उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले बताउनु भयाे।
पौडेलले नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा उम्मेदवारी दिनुभएकाे हाे ।
उहाँलाई मनाउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन आउनुभएकाे थियाे ।
तर पौडेललाई मनाउन नसकेपछि दुबै मन्त्री आजै काठमाडौ फर्किनुभएकाे छ ।





