रुसी हमलामा युक्रेनी पत्रकारको मृत्यु

किभ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको युक्रेन भ्रमणका क्रममा राजधानी किभमा हवाई हमला गरेको रुसले पुष्टि गरेको छ ।

रुसले दुई सातापछि पहिलो पटक क्षेप्यास्त्र प्रहार गरेको हो ।

हमलामा एक युक्रेनी पत्रकार मारिएकी छिन् ।

हमलामा अमेरिकी अनुदान प्राप्त रेडियो फ्री युरोप÷रेडियो लिबर्टीकी निर्माता भेरा ग्यारिचको मृत्यु भएको हो ।

राजधानी किभमा उनी बस्ने भवनमा रुसी क्षेप्यास्त्र प्रहारबाट ग्यारिचको मृत्यु भएको मिडिया समूहले जनाएको छ ।

उच्च सटीक र लामो दूरीको हावामा आधारित हतियार तैनाथ गरेको र त्यसले राजधानी किभमा आर्टियोम मिसाइल र अन्तरिक्ष उद्यम उत्पादन भवनहरू ध्वस्त पारेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

युक्रेन संकटबारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच वार्ता भइरहेका बेला किभमा रुसी हमला भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button