चीनमा कोभिडः बृद्धबृद्धालाई क्वारेन्टिनमा सास्ती

सांघाई । चिनियाँ सहर सांघाईका हजारौं वृद्धवृद्धाहरू पाँच हप्तादेखि जारी तालाबन्दीले नराम्ररी प्रभावित भएका छन् ।

मार्चको सुरुमा महामारी फैलिएपछि ५ लाखभन्दा बढीमा कोभिड पोजेटिभ दखिएको छ ।

उनीहरुमध्ये झन्डै १० हजार जना ८० वर्षभन्दा माथिका बृद्धबृद्धा छन् ।

संक्रमित वा नजिकको सम्पर्कमा भएका व्यक्तिहरु राज्यद्वारा सञ्चालित क्वारेन्टिन केन्द्रमा बस्नुपर्ने बाध्यता छ ।

त्यस्ता केन्द्रहरूमा सयौँ मानिसहरू एकै ठाउँमा राखिने गरिएको छ ।

सामाजिक सञ्जालमा सेयर गरिएका तस्बीरमा अव्यवस्थित अवस्थाहरू देख्न सकिन्छ ।

आफ्नी ९० वर्षीया हजुरआमा बसेको एउटा क्वारेन्टिन केन्द्रमा अस्वच्छ रहेको सांघाइकी एक युवतीले बीबीसीलाई बताइन् ।

हजुरआमा राम्ररी सुत्न नसकेको त्यहाँ राम्रोसँग स्याहार नगरिएको उनको गुनासो छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button