पोखराको चाउथेमा गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर सञ्चालनमा

पोखरा । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको १७ औँ शाखा पोखराको चाउथेमा आजदेखि शुभारम्भ भएको छ ।

आज माता तीर्थ औँसीको दिनमा पोखरा उद्योग वाणिज्य संघका प्रथम वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले डिपार्टमेन्ट स्टोरको उद्घाटन गर्नुभएको हो । भक्तपुरमा मुख्य कार्यालय रहेको यस सहकारीले देशको ३९ वटा जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ ।

डिपार्टमेन्ट स्टोरको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका प्रथम वरिष्ठ उपाध्यक्ष प्रजापतिले १७ औँ बाट १७ सय वटा शाखा खोल्ने लक्ष्य पुरा होस् भन्दै युवाहरूलाई स्वदेश मै रोजगारी प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

त्यसै गरी, शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुशील बानियाले पाँच वर्ष भित्रमा पाँच सय डिपार्टमेन्ट स्टोर्स देश भरी खोल्ने र युवाहरूलाई प्रमुख प्राथमिकताका साथ रोजगारी दिने दाबी गर्नुभयो । उहाँले भन्नुभयो–‘अहिले पनि यस सहकारीले सात सय भन्दा बढी युवायुवतीलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गरेको छ भने सर्वसाधारण जनतालाई सुपथ र सुलभ तरिकाले दैनिक आवश्यक सामाग्रीहरू उपलब्ध गराउँदै आइरहेको छ ।’

कार्यक्रममा कास्की जिल्ला कै सबैभन्दा ज्येष्ठ ११२ वर्षकी वृद्ध आमा गौरी आचार्यलाई वरिष्ठ अतिथिको रूपमा निमन्त्रणा गरेर सम्मान गरिएको थियो । वि.सं. १९६६ चैत महिनामा कास्कीको धितालमा जन्मनु भएकी वृद्ध आमालाई शिखर अर्गनाइजेसन लि.का उपाध्यक्ष गीता शर्मा र प्रमुख अतिथि प्रजापतिले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा उपकार मिडिया हाउस, टेक्नोडाउन प्रा.लि., डिजिटल शिखर कम्पनीका अध्यक्ष कल्स शर्मालाई पनि मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा डिपार्टमेन्टल स्टोर्सकी कर्मचारी सुशीला न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button