तनहुँमा शिक्षक तथा नगरपालिकाका कर्मचारीले गरे आचारसंहिता उल्लंघन

तनहूँ । व्यास नगरपालिका वडा नं. ११ मा विभिन्न विद्यालयका शिक्षक तथा नगरपालिकाका कर्मचारी नेपाली कांग्रेस उम्मेदवारकाे चुनाव प्रचार प्रसारमा व्यस्त भएका छन ।

निर्वाचन आचारसंहिता विपरित व्यास ११ कांग्रेसका उम्मेदवारको चुनावप्रसार कार्यक्रममा बाराही मा.वि. का शिक्षक विरबहादुर गुरुङ, चण्डिका आधारभुत विद्यालयका प्रधानाध्यापक सुरेन्द्र अधिकारी, भानु मा.वि. दुम्सिचौरका शिक्षक कृष्ण तिवारी, नगरपालिका कर्मचारी सन्तोष गोदार लगायतका शिक्षक तथा कर्मचारीहरुको उपस्थिति देखिएको छ ।

निर्वाचन आयोगले शिक्षक, कर्मचारी तथा सरकारी सेवा सुविधा लिने व्यक्तिले कुनै पनि पार्टीको चुनाव प्रचार प्रसार तथा राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने भनी जारी गरेकाे निर्वाचन आचारसंहितालाई खुला चुनाैति दिँदै उनीहरु चुनावी गतिविधिमा सक्रिय भएको तस्विर सामाजिक संजालमार्फत नै सार्वजनिक गरिरहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय तनहूँका निर्वाचन अधिकृत हरिप्रसाद ढकालसग सम्पर्क गर्दा चुनाव प्रसार प्रसारमा हिड्न मन लाग्नेले राजिनामा दिएर लाग्नुपर्ने, चुनाव प्रचार प्रसार वा कुनै राजनीतिक गतिविधमा संलग्न भएको प्रमाण सहित उजुरी दिए कारवाहीको लागि सिफारिस गरिने बताउनुभएको छ ।

कार्यालयले कारवाहीको लागि सिफारिस गरेकाकाे बढुवा रोक्का हुन सक्ने र जागिरै पनि जानसक्ने ढकालको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button