संसद्मा अश्लील सामाग्री हेर्ने बेलायती सांसदले दिए राजीनामा

लन्डन । बेलायतमा संसद्मा अश्लील सामग्री हेरेको आरोपपछि प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीका सांसद निल पेरिशले अन्ततः पदबाट राजीनामा दिएका छन् ।

६५ वर्षीय पेरिशले ‘पागलपनको क्षण’का लागि माफीसमेत मागेका छन् ।

आफूले संसद्मा दुई पटक अश्लील सामाग्री हेरेको उनले स्वीकारेका छन् ।

यसअघि उनले घटनाप्रति स्वीकार गर्ने संकेत गरेका थिए । आफ्नो फोनमा भूलबश भिडियो खुलेको हुन सक्ने उनको भनाई थियो ।

सदनमा पोर्नोग्राफी हेरेको आरोप दुई महिला सहकर्मीले सांसदमाथि आरोप लगाएका थिए ।

उनीहरूले आफ्नो नजिकै बसेर पेरिशले वयस्क सामग्री हेरिरहेको गुनासो गरेका थिए ।

यस विषयमा अनुसन्धान सुरु गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button