कास्कीमा कार र मोटरसाइकाल ठोक्किँदा बाबुछोरीकै मृत्यु

पोखरा । कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

आइतबार बिहान कास्की जिल्लाको अन्नपूर्ण गाउपालिका १ लेवाडेमा पोखरा-बागलुङ राजमार्गमा साे दुर्घटना भएकाे थियाे ।

कारले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन गम्भीर घाइते भएका थिए भने र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको थियाे ।

सविनाको घटनास्थलमै मृत्यु भएको थियो भने जीतबहादुरको उपचारको क्रममा आज बिहान अस्पतालमा मृत्यु भएको हो ।

कारको ठक्करबाट बाबुछोरीले ज्यान गुमाएपछि आफन्तहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीबीच अहिले परिवार र आफन्तले वार्ता गरिरहेका छन् ।

उनीहरूले कारका फरार चालकलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

पोखराबाट जाँदै गरेको ग३च ३५२५ नम्बरको कारले पोखरा आउंँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. Careless driving kina hunxa nepal ma? kun pakchya lai dosh janxa? accident ta hunxa tara pani kina careless?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button