भारतीय नम्बर प्लटेको मिनी बससँग टाटा सुमो ठोक्किँदा पाँँचजनाको मृत्यु

काठमाडौं । तीर्थयात्री बोकेर भारततर्फ जाँदै गरेको बस टाट सुमोसँग ठोक्किँदा पाँचजनाको मृत्यु भएको छ ।

दुर्घटनामा एक बच्चासहित पाँचजनाको मृत्यु भएको हो । काठमाडौंबाट भारततर्फ जाँदै गरेको तीर्थयात्री बोकेको बस सिन्धुलीबाट काठमाडौं तर्फ आइरहेको टाटा सुमोसँग काभ्रेको रोशी गाउँपालिका-११ मा दुर्घटनामा परेको काभ्रे प्रहरीले जनाएको छ ।

यूपी ५८ टी ८१८१ नम्बरको भारतीय नम्बर प्लेटको मिनी बस र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमोसँग ठक्कर खाएको थियो ।

काभ्रेको रोशी गाउँपालिका–११ मा भएको उक्त दुर्घटनामा एक बच्चासहित पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले बताउनु भयाे ।

दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत हुन नसकेको र घाइतेहरूको उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी हरि खतिवडाले जानकारी दिनुभयाे ।

दुर्घटनामा परी घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रवक्ता खतिवडाले बताउनु भयाे ।

guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्

सम्बन्धित खबर

Back to top button