वडाबासीकाे सँधै साथमा हिँडेको मान्छेलाई जिताउनुपर्छ भन्दैछन् मतदाताः मदन तिमल्सेना

तनहुँ । देश बिकास गर्नको लागि युवाहरु अगाडि बढ्नुपर्छ भन्ने सोचको विकास भइरहेको बेला तनहूँकाे व्यास नगरपालिका वडा नं. १० मा नेकपा एमालेले पार्टीका लोकप्रिय युवा नेता एवं राष्ट्रिय युवा संघ तनहूँका अध्यक्ष मदन तिमल्सेनालाई वडा अध्यक्षको उमेदवार बनाएको छ ।

अब आफ्नो गाउँ, टोल , छरछिमेक हामी आफैले बनाउनुपर्छ , धेरै हेरियो ६० बर्ष पुगेपनि युवा उमेदवार भन्ने व्यक्तिहरुको काम अब साँच्चिकै युवाहरुको काँधमा दिनुपर्छ जिम्मेवारी भन्दै घरदैलो अभियान संचालन गर्नुभएका मदन तिमल्सेनासँग गरिएको कुराकानीः

प्रश्नः व्यास १० का मतदाताले मदन तिमल्सेनालाई किन दिने भोट ?
हेर्नुस् पहिलो कुरा त म कुनै नेताको पावरले टिकट पाएर आएको मानिस होइन । यहि हुर्केको, यहि बढेको, साथीभाइहरुको सुख दुःखमा साथ दिदै यहि बसेको व्यक्ति हुँ । अझ साच्चै भन्नुपर्दा साधारण मानिस हुँ । त्यसैले सम्पूर्ण वडावासीले मलाई मत दिनुहुन्छ भन्ने विश्वास छ । मलाई चिन्ने मानिसहरुले एकपटक घोरिएर मदन तिमल्सेनालाई भोट दिन के गर्ने होला ? भनेर सोच्न बाध्य हुनुहुनेछ त्यस्तो छ मेरो विगत र वर्तमान् ।

मलाई विश्वास छ, म यो वडामा वडा अध्यक्षको उमेदवार भएपछि मानिसहरुको घरमा कुरा चलेको छ मदन तिमल्सेना उठेको छ , यत्तिको मिलनसार, यत्तिको सुख दुःखमा साथ दिने व्यक्तिलाई भोट त दिनुपर्छ भनेर सल्लाह गर्नुभइसकेको छ । मुख्यतः नेपाली कांग्रेसबाट अलिकति चिरपरिचत, वडावासीको सुख दुःखमा हिडेको मान्छे भएको भए मलाई अलि गाह्राे पर्थ्याे होला । स्थानीय चुनाव हो वडावासीले मदन तिमल्सेना र अरुमा के अन्तर छ भनेर तुलना गर्ने भएको कारणले मलाई भोट दिनुहुनेछ । म जिउँदाको जन्ति मर्दाको मलामी भन्दै यहि ठाउँमा हिडेको मान्छे, हिजो पनि मैले राजनीतिक आस्थाको आधारमा विकास निर्माणमा कसैप्रति भेदभाव गरेको छैन । नेकपा एमालेको सरकार हुदाँ बजेट पार्ने सवालमा पनि मैले कस्तो काम गरे सबैले बुझ्नुभएको नै छ ।

म सानैदेखि राजनीति गर्छु आफ्नो गाउँ, टोल छरछिमेकको विकास गर्छु, वडालाई शिक्षा , स्वास्थ्य कृषिमा उत्कृष्ट बनाउछु भनेर हिडेको मान्छे । म वडा नं. १० लाई सबैको साथ र सहयोगले साच्चिकै नमुना वडा बनाउछु भनेर आएको मान्छे हुँ । मलाई त यो पार्टीको त यो पार्टीको त फलानो पार्टीको नेताको मान्छे, त फलानो गुटको मान्छे भनेर कसैको चित्त दुखाउनु छैन, मलाई टिकटको लागि तानतान गर्दै अग्रज तथा सिनियरहरुको ईतिहासलाई मेटाउने रहर पनि छैन कसैको मन दुखाउनु पनि छैन, पार्टीमा सिस्टममा म सूर्य चिन्ह लिएर चुनाव लडेपनि सबैको मान्छे हुँ । म सानो मान्छे सबैको साथी, सबैको सहयाेगी हुँ त्यसैले सबैले भोट दिनुहुन्छ भन्ने विश्वासमा छु ।

प्रश्नः के छ तपाईको जित्ने आधार ?
मेरो जित्ने आधार भनेको नै मेरो वडावासीसगको आत्मियता हो । मलाई लाग्दैन कि म कोहि पनि वडावासीसग अपरिचित छु । कसैले राजनीति गर्ने युवाको रुपमा, कसैले व्यापारीको रुपमा, कसैले सँगै पढेको साथीभाइको रुपमा , कसैले दाइको साथी, कसैले भाइको साथी, कसैले फलानोको छोरा, कसैले फलानाको नातिको रुपमा चिन्नुहन्छ भन्ने मलाई विश्वास छ  । अनि मैले कहिल्यै कसैसँग राजनीतिक बहसमा मेरो पार्टी राम्रो तपाईको नराम्रो भनेर बहस गरेको छैन । वडावासीले वडाको बिकासको लागि वडा बुझेको, वडा डुलेको, यहि बसोवास गर्ने, जनताको घरदैलो चुनावको लागि घरदैलोमा हिडेको होइन मर्दा पर्दा आउने चिरपरिचित व्यक्ति खोज्नुहुन्छ त्यहि नै हो मेरो जित्ने आधार ।

म त्यस्तो व्यक्ति हुँ के बालक के बृद्ध सबैले मनमा लागेका कुराहरु निर्धक्कसग भन्न सक्नुहुनेछ त्यहि नै हो मेरो जित्ने आधार । मसँग कुनै गुनासो भएपनि भन्न कुनै धक मान्नु पर्ने छैन यो त फलानो नेताको मान्छे यस्ले गरेको कामको कम्प्लेन गरे पेल्छ कि भनेर डराउनु नै पर्दैन ।

बाटोमा घरमा, फाेनमा जहाँ भेट्यो त्यहि ए मदन कत्रो विश्वास गरेर भोट दिइयो के काम गरेको तैले भनेर सबैले भन्नसक्नुहुनेछ यहि हो मेरो जित्ने आधार । म आज जस्तो छु मेरो व्यास १० का जनताले जस्तो रुपमा चिन्नुहन्छ सधै त्यस्तै रहनेछु त्यहि नै मेरो जित्ने आधार । अहिले फेरि युवा उमेदवार, भिजन भएको उमेदवार, अरुको बलमा होइन कि आफ्नै बलमा टिकट पाएको उमेदवारलाई जिताउनुपर्छ , मतदाताहरुमा हाम्रो होइन राम्रो मान्छे जिताउनुपर्छ भन्ने भावनाको विकास भएको कारणले पनि त्यहि नै हो मेरो जित्ने आधार ।

प्रश्नः व्यासको वडा नं. १० का के छन् समस्या र के छन् सम्भावना ?
निकै राम्रो र सुन्दर छ व्यास १० । समथर बैरेनी, कुमलटारी, माथिल्लो बोटेटार, बोटेटार, जोगिटार, दुम्सिबजार, दुम्सिचौर, डिहिगाउँ , डिहिकुना छ भने प्रशस्त सम्भावना भएको दुम्सिकोट, विपि भन्ज्यागं, खहरे, सेवर यहि ठाउँका मानिसहरु राज्यको ठुलो ठुलो पदमा पुगेपनि नामजस्तै बिकास निर्माण र रोजगारीमा पछाडि परेको अधेरी भन्ज्यांग छ । बर्षौदेखि सुकुम्वासी हुदाँ पनि चुनावको बेला आश देखाउने त्यसपछि नेताहरुले मुखै नदेखाउने नयाँवस्तिका सुकुम्वासीको पिडा आफ्नै छ ।

आदिवासी दरै, बोटे, कुमालका साथै दलित र अन्य जनजाति गुरुङ, मगरको उल्लेख्य बसोबासको क्षेत्र भएकोले उहाँकाहरुको पहिचान संरक्षणको लागि उत्थानकोृ लागि उधारो होइन हाताहाती नै गर्नुपर्ने प्रशस्त सम्भावनाहरु रहेका छन् । पुराना जनप्रतिनिधिहरुले कोरेका विकास निर्माणका कामहरु अगाडि बढाउनु पर्नेछ । दुम्सिबजारको नगर अस्पताल, दुम्सिचौरको नारेश्वर ताल, डिहिकुनाको खैलमैदानलाई चुनावी नारामात्र होईन कि साच्चिकै वडावासीले गर्व गर्ने ठाउँ बनाउनुछ । विभिन्न गाउँहरुमा होमस्टे संचालन गरेर पर्यटकीय स्थल बनाउनुछ ।

अन्नत गुफा , रामरामेश्वर मन्दिर शितल गुफा पर्यटकीय स्थान बनाउनुछ । । युवाहरुलाई रोजगार बनाउनुछ । स्वरोजगार बनाउनको लागि विशेष गरि महिला तथा बेरोजगारहरुको लागि सिलाई कटाई, व्युटिपार्लर, अचार बनाउने, गुडिया बनाउने तालिम, ईलेक्टोशियन तालिम, प्लम्बर तालिम, फर्निचर बनाउने तालिम दिने मात्र होईन उक्त पेशा अपनाउने वातावरण श्रृजना गरि आम्दानीकाे श्रोतहरु बढाउने र आत्मनिर्भर बनाउनुछ । कृषकहरुका लागि आधुनिक कृषि प्रणाली कार्यक्रम ल्याउनुछ । बिदेशबाट आएको पैसाले खाने बस्ने संस्कार होईन कि विदेशबाट कमाएर पठाएको पैसा बचत गरौ, आफ्नै घर आँगनमा व्यापार व्यवसाय , कुनै पेशा अपनाई आम्दानी बढाऔ भन्ने नारालाई सफल पार्नु पर्ने समस्या छन् र त्यसका लागि माथि उल्लेख गरेका समाधानहरु पनि छन् ।

प्रश्नः चुनावमा मिठा मिठा भाषण र आश्वासन गर्ने अनि जितेपछि वेपत्ता हुने रोगबाट मदन तिमल्सेना कत्तिको ग्रसित हुनुहोला ?
म आजभन्दा ५ बर्ष अगाडि पनि वडा सदस्यमा पराजित भएको हुँ तर जनताको घरदैलो जान कहिल्यै छोडिन । कसैले फोन गरेर भेटेर मदन यस्तो समस्या पर्यो नि के गर्ने होला भनेको बेला आफ्नै समस्या सोचेर हल गर्ने प्रयास गरे । न मैले राजनीतिक आस्था हेरे न कुन ठाँउको मानिस हो हेरे ।

म वडा अध्यक्ष भएपनि नभएपनि घरमा थन्किएर बस्ने मानिस होइन वडावासीको समस्यामा साथ दिइरहने मान्छे हुँ । तपाई लेखेर राख्नुस् म सुनेको भरमा वडामा बसेर योजना बनाउदिन काम व्यस्तताले सधै हिड्न नपाइएला तर बर्षभरिको सेड्युल बनाएर र प्रकाशन गरेर वडावासीको घरदैलो जान्छु र समस्या सुन्नेछु । म चुनाव जितियो भनेर कुर्सीमा बसेर रमाउने अनि अर्को च्नावमा फेरि लौ है हजुर आए भन्दै वडावासीको घरदैलो जाने जनप्रनितिधि हुदिँन किनकि भोलि मैले राजनीति छोडेपछि पनि अर्को वडा अध्यक्षलाई वडावासीले भनुन् तपाई पनि मदन तिमल्सेना जस्तै हुनुस् है । प्रतिवद्धता अनुसार काम पनि गर्नुस् र समय समयमा हाम्रो घरदैलोमा आएर हाम्रो सुख दुःख, समस्या सुन्नुस् र सल्लाह सुझाव पनि लिनुस् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button