नेपाल खेलकुद पत्रकार मञ्चमा देवेन्द्रको निरन्तरता

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को नेतृत्वमा दुर्गानाथ सुवेदी (देवेन्द्र)ले निरन्तरता पाउनु भएकाे छ ।

बुधबार काठमाडौंमा भएको एनएसजेएफो १७औं वार्षिक साधारण सभा तथा इलेक्टोरल कंग्रेसबाट सुवेदी आगामी तीन वर्षको लागि अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे ।

सुवेदीले ५८ मत प्राप्त गर्नुभयाे। उहाँका प्रतिस्पर्धी प्रकाश तिमल्सिनाले ३३ मत पाउनुभयाे । यस्तै प्रथम उपाध्यक्षमा निरञ्जन अधिकारी, उपाध्यक्षमा सञ्जीव शिल्पकार र गोविन्द रेग्मी, महासचिवमा प्रज्वल ओली, सचिवमा अन्जन खड्का र कोषाध्यक्षमा सुजन श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभयाे ।

खुला सदस्यमा अनिल मल्ल ठकुरी, कुशल तिमल्सिना र निशाल राई निर्वाचित हुनुभयाे  भने महिला सदस्यमा मुना कार्की निर्वाचित हुनुभयाे ।

अनिलले ६८, निशानले ६५ र कुशलले ५३ मत प्राप्त गर्नुभयाे । सदस्यका अर्का प्रत्याशी सञ्जीव शाहले २८ मत पाउनु भयाे । महिला सदस्यमा विजयी मुनाले ६२ मत प्राप्त गर्दा उहाँका प्रत्याशी लक्ष्मी जिसीले ३१ मत पाउनु भयाे ।

मञ्चका कुल सदस्य १०० जना रहेकामा नेपालमा उपलब्ध भएका ९८ सदस्य मध्येबाट ९४ मत खसेको थियो ।

निर्वाचित पदाधिकारीलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विकास कार्कीले प्रमाणपत्र प्रदान गर्नुभयाे । अध्यक्षमा निर्वाचित देवेन्द्र सुवेदीले अघिल्लो कार्यकालमा पूरा गर्न नसकेका काम अबको तीन वर्षको कार्यकालमा पूरा गर्नेगरी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । साथै उहाँले एनएसजेएफले नयाँ गति लिने बताउनु भयाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button