पोखरामा भएको जातीय विभेदलाई चुनावी प्रोपोकाण्डा भनेर उम्किन पाइदैन : दलित समुदाय

पोखरा, २१ बैशाख । पोखरा २३ का दलित समुदायका रामजी घोताङले नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवारी दिएका कृष्ण थापाले जातीय विभेदको आरोपलाई वेवास्त्ता गर्नु दलित समुदायलाई सह्य नभएको बताएका छन् । घोताङेले दलित समुदायले बोल्न समेत नपाएको अवस्थामा गठबन्धनले बोल्ने अवसर दिँदै जातीय भेदभावको अन्त्य गर्ने कामको सुरूवात भएको बताए ।

अहिले दलितको आत्मसम्मानमा आघात पर्ने अभिव्यक्त आएको र त्यसको प्रतिकार गर्न जरुरी रहेको उनले बताए । उनले दलित समुदायलाई आग्रह गर्दै यो विभेद विरुद्व लाग्नुपर्ने बताए । ‘एमालेमा सामन्तवादी सोच रहेको र हामी सबै नेपाली भएकाले जातीय भेदभाव हुन दिनुहुँदैन्,’ उनले भने, ‘न्यायको लडाई हो । दलित प्रतिनिधिले विकासका लागि सोच्न पर्ने बेला आएको छ ।’

गठबन्धनले वडा २३ जातीय विभेदयुक्त वडा बनाउन उनले उम्मेदवारलाई आग्रह गरे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको वडा सदस्य विष्ष्णु घोताने एमाले मेयरका उम्मेदवार कृष्ण थापाको अभिव्यक्तिले दलित समुदायमा ठोस पुगेको बताए । उनले २३ वडाअध्यक्षले जातीय भेदभाव उन्मुलनको बारेमा वकालत गर्न नसकेको बताए । ‘हामीले पुरातन सोंच हटाउनुपर्छ । परम्पराले हेपेपनि अहिले त्यही कायम गरिनुहुँदैन्,’ उनले भने, ‘दलीत भएपनि सम्मानजनक जिउन पाउनुपर्छ । पशुलाई भन्दा तल्लो व्यवहार देखाउन पाइदैन् ।’

वडा अध्यक्षका उम्मेदवार रामकाजी गुरुङले वडा २३ लाई भिभेदमुक्त वडा बनाउने बताए । उनले वडा २३ मा विकासका साथै विभेदको समेत अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले वडालाई न्याय र समनाताको वडा बनाउने बताए ।

घरदैलोमा वडा २३ पुगेका गठबन्धनबाट पोखरा मेयरका उम्मेदवार धनराज आचार्य र उपप्रमुख कोपिला रानाभाटले दलित अधिकारको हकहितमा आफूहरु सधै लागि पर्ने प्रतिबद्धता जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button