
काठमाडौँ । सुनको भाउ बिहीबार तोलामा एक हजार चार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
बुधबार सुन तोलाको ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ पनि प्रति तोलामा १५ रुपैयाँले बढेको छ । बुधबार एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय पाँच रुपैयाँमा निर्धारण भएको छ ।