चीनमा स्वाब नमूना लिइएको भाइरल भिडियोमा के छ ?

बेइजिङ । चीनमा मानिसहरु कोरोना भाइरसभन्दा पनि लकडाउनबाट धेरै डराउँछन् । सांघाई र अन्य ठाउँहरूबाट सार्वजनिक भएका भिडियोहरूले समेत यसको पुष्टि गर्छन् ।

ट्विटरमा सार्वजनिक भएको एउटा भिडियोमा एक जना महिलालाई लडाएर एक पुरुषले जबरजस्ती कोभिड परीक्षण गरेका देखिन्छन् ।

भिडियोमा महिला परीक्षण केन्द्रको भुइँमा सुतिरहेकी देखिन्छिन् भने उनको माथि एक पुरुष छन् । उनी चिच्याइरहेकी छिन् र जबरजस्ती परीक्षणको प्रतिरोध गर्न कोसिस गर्दैछिन् । तर, ती पुरुषले उनको हातलाई आफ्नो घुँडामुनि तानेर बलपूर्वक समाउछन् ।

त्यसपछि उसले जबरजस्ती महिलाको मुख खोल्छन् र सुट लगाएका एक स्वास्थ्यकर्मीले उनको स्वाब नमूना लिन्छन् । भिडियोलाई लिएर इन्टरनेटमा चर्को विरोध भएको छ । एक प्रयोगकर्ताले ट्वीट गरेका छन्, ‘यो सबै दुःखद छ । बिल्कुल असहनीय छ ।’

अन्य प्रयोगकर्ताहरूले पनि यस्ता थप भिडियोहरू पोस्ट गरेका छन् । एउटा भिडियोमा चिनियाँ स्वास्थ्यकर्मीहरू अनिवार्य कोभिड परीक्षणको लागि गत महिना जबरजस्ती एक वृद्धको घरमा प्रवेश गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button