नेकपा एसले कास्कीमा विभिन्न पदका २४ जनाको उम्मेदवारी फिर्ता गर्‍यो

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट कास्कीमा विभिन्न पदमा उम्मेदवार दिएकाहरूले सहमतिमा उम्मेदवारी फिर्ता गरेका छन् ।

पोखरा महानगरपालिका र मादी गाउँपालिका विभिन्न वडा सदस्य पदमा पार्टीका तर्फबाट २४ जनाले दिएको उम्मेदवारी उम्मेदवारसँग छलफल गरी फिर्ता गरिएको जिल्ला प्रचार विभाग प्रमुख पूर्ण लामाले जानकारी दिए ।

गठबन्धनबाट महानगरमा नेतृत्व गर्ने पार्टीको हैसियतमा जिम्मेवारी बोध गर्दै गठबन्धनलाई थप मजबुत पार्न नेकपा एसबाट वडा सदस्य पदमा उम्मेदवार भएर दोहोरीएकाहरूलाई फिर्ता गराइएको उनले बताए ।

‘हामीले अन्तिम अवस्था सम्म पनि गठबन्धनलाई मजबुत पार्नुपर्छ भन्ने उद्देश्यका साथ प्रयास गरेका हौँ’, लामाले भने, ‘हाम्रो प्रयासमा पार्टीका तर्फबाट धेरै नेता, कार्यकर्ता र उम्मेदवारले साथ दिनुभएको छ, म सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’

guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्

सम्बन्धित खबर

Back to top button