वेगनासलाई लेकसाइड २ को अवधारणामा अघि बढाउँछौ: धनराज आचार्य

पोखरा । गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका धनराज आचायले बेगनासलाई लेकसाइड २ को अवधारणामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्  ।

पोखरा महानगरपालिका वडा ३१ को चुनावी प्रचारप्रसारमा कार्यक्रममा बोल्दै उनले पोखरा भन्नेबित्तिकै फेवातालमात्रै चिनिदै आएको र अब पोखरा भन्ने बित्तिकै फेवातालको सहर मात्र नभई वेगनास ताल, रुपातालको सहर पनि बनाउने उनले बताए ।

‘पोखरा भन्ने बित्तिकै फेवाताललाई मात्र सम्झने गरिरहँदा वेगनास भने छायाँमा परिरहेको छ’, उनले भने, ‘लेकसाइड भनेको फेवाकिनार मात्र हो ? लेकसाइड भनेको तालको किनार हो । अब बेगनासलाई लेकसाइड २ को अवधारणा लिएर अघि बढ्नुपर्छ ।’

उनले अबको अवधारणा पोखरालाई बनाउने भन्दा पनि भएका प्राकृतिक सौन्दर्यलाई पहिचान गरि त्यसको प्रयोग गर्नेमा जोड दिने बताए ।

‘वेगनास भित्रपनि तालबराह मन्दिर छ । फेवातालमा ताल बराही छ । यहाँ बराह छ त्यहाँ बराही । यसको ऐतिहासिक तथ्यहरुलाई खोजेर गयौ भने फेवाको भन्दा वेगनासको पानी निकै राम्रो छ । पानीसँग सम्बन्धित विज्ञको सुझाव लिएर जाने योजना बनाएका छौं ।’, उनले भने ।

उनले आफुहरुले जितेको अवस्थामा ३५ दिनभित्र पोखरालाई पर्यटकीय राजधानीको रुपमा घोषणा गर्न केन्द्र सरकारलाई पत्राचार गर्ने उल्लेख गरे ।

‘चुनाव जित्नका लागि लडिन्छ, चुनाव प्रतिबद्धताका लागि लडिन्छ, चुनाव सम्बन्धित स्थानका व्यक्तिमा पहिचान बनाउनका लागि लडिन्छ । जसका लागि प्रतिनिधित्व गरि लडिन्छ । तर यो पटक हामी एउटा पार्टी होइन पाँच दल एक भएर लड्दै छौँ’, उनले भने, ‘हामीले एक साथ लड्दा अबको पाँच बर्ष कसरी जान्छौं  भन्ने कुराहरुको पनि सार्वजानिक गर्दै आइरहेकै छौं । पाँच वटा पार्टीले आ–आफ्नो विचार ल्याएपछि सबैको विचारलाई एक बनाएर घोषणापत्र बनाएका छौं।’

उनले पारदर्शी तरिकाले महानगरमा काम गर्ने र सुशासनको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मतको दुरुपयोग नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button