पोखरा महानगरपालिकाका अधिकांश स्थानमा जित हासिल गर्छौँ : गठबन्धन

पोखरा, २४ वैशाख । पाँच दलीय गठबन्धनका नेताहरूले पोखरा महानगरपालिकाका अधिकांश स्थानमा गठबन्धनका उम्मेदवारहरू नै विजयी हुने दाबी गरेका छन् ।

शनिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले यस्तो दाबी गरेका हुन् । पोखरा महानगरपालिकासहित कास्कीका एक दुई स्थान बाहेक सबै ठाउँमा गठबन्धनका उम्मेदवारहरूले विजय हासिल गर्ने नेताहरूले दाबी गरे ।

कास्कीका पाँच वटै स्थानीय तहका अधिकांश स्थानमा गठबन्धनका साझा उम्मेदवार रहेको जनाकारी दिँदै मुख्य पार्टीहरुको जनमत राम्रो भएकाले  आफूहरूको जित सुनिश्चित रहेको नेपाली काँग्रेस कास्कीका सभापति तथा गठबन्धनका संयोजक किशोरदत्त बरालले बताए । केन्द्रको परिपत्र अनुसार कास्कीमा गठबन्धन भित्रका दलहरू बिचमा साझेदारी गरिएको र केही स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति गरिएको बरालले जानकारी दिए ।

उनका अनुसार पोखरा महानगरपालिकाका १६ वटा वडामा गठबन्धन गरिएको छ भने, बाँकी वडामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति गरिएको छ । ती वडाहरूमा पनि चुनावी तालमेलका विषयमा निरन्तर छलफल भइरहेको बरालले बताए । गठबन्धनलाई आगामी निर्वाचनमा समेत कायम राख्ने गरी दलहरूका बिचमा परामर्श गरिरहेको उनले बताए ।

गठबन्धनमा नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सामेल छन् । गठबन्धनको तर्फबाट पोखर महानगरपालिकाको प्रमुख पदका लागि एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुख पदका लागि नेपाली काँग्रेसकी कोपिला रानाभाट चुनावी मैदानमा छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button