मादी–२ का गाउँमा एमालेको चुनावी अभियान

पोखरा । कास्कीको मादी गाउँपालिका–२ मा नेकपा एमाले उम्मेदवारले घरदैलो र चुनावी सभा गरेका छन् । मादी २ को घ्यामराङ, रोमी गाउँ र ताङतिङ लगायत गाउँमा एमालेले आइतबार घरदैलो र चुनावी सभा गरेको हो ।

मादीमा एमालेबाट अध्यक्षमा शिवबहादुर गुरुङ (महेन्द्र) र उपाध्यक्षमा कल्पना गुरुङ उम्मेदवार छन् । आइतबार नै एमाले उम्मेदवारले मादी १ को साँधाका मतदातालाई पनि भेटेका छन् ।

ताङतिङमा आयोजित सभामा बोल्दै अध्यक्ष उम्मेदवार महेन्द्रले विकास निर्माण र युवाको भविष्य सुनिश्चित गर्ने काम अरू पार्टीले गर्न नसक्ने बताए । ‘यहाँका युवाको भविष्य बन्ने भनेको एमालेबाटै हो । हामीले युवाको भविष्य कसरी बनाउन सकिन्छ भन्ने जानेका छौँ,’ उनले भने, ‘अरू पार्टीले कसलाई कुन मुद्दा हालेर कसरी सिद्ध्याउने भन्ने जानेको छ ।’

पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनेको क्पु डाँडाको प्रवर्द्धन गर्ने र ट्रेकिङ रुट स्तरोन्नति गर्ने महेन्द्रको भनाइ थियो । ताङतिङमा अघिल्लो निर्वाचन जसरी नै एमालेलाई अत्यधिक मत आउने अपेक्षा रहेको महेन्द्रले सुनाए । पालिका हाँकेका अग्रजको सल्लाह लिएर र जनतासँग सल्लाह लिएर काम गर्ने महेन्द्रले प्रतिबद्धता जनाए ।

कोभिडमा विकास निर्माणको काम रोकिए पनि जनता बचाउने काममा जनप्रतिनिधि लागेकाले जनताले त्यसको पनि मूल्याङ्कन गर्नुपर्ने महेन्द्रले बताए । ‘यहाँका पालिका अध्यक्ष र वडाध्यक्षले कोभिडले गर्दा काम गर्न पाइएन भन्नुभयो । तर होइन, कोभिडमा जनता बचाउने काम भएको छ,’ उनले थपे, ‘विकास निर्माणको काम विश्वमै रोकिएका थिए । सुरुमा त जनता बचाउनु नै ठूलो कुरा हो ।’

उपाध्यक्ष उम्मेदवार कल्पनाले ताङतिङ पर्यटकीय गाउँ भएकाले गाउँका सम्भावना उजागर गर्ने योजना आफूहरूले ल्याउने बताइन् । ‘यहाँको युवा र महिलालाई व्यवसायमा जोड्न चाहन्छौँ । दलित, पिछडिएका वर्ग, फरक क्षमता भएकालाई पनि विशेष सम्बोधन गर्ने छौँ । भारी मतले जिताउनुस्, सधा सुख–दुःखमा खटिने छौँ,’ उनले भनिन् ।

आफ्नो क्षमताले भ्याएसम्म मादीका महिलालाई सशक्तीकरण गर्ने उनले प्रतिबद्धता जनाइन् । पछिल्लो एक कार्यकाल गाउँ कार्यपालिका सदस्यको अनुभव बोकेकी कल्पनाले अहिले बाँकी रहेका कामलाई पूर्णता दिने बताइन् । ‘शून्यबाट काम सुरु ग¥यौँ । त्यसैले धेरै काम देखाउन पाएनौँ । शून्यबाट सुरु भएकाले पूर्वाधारसहित जग हाल्नुप¥यो,’ उनले भनिन्, ‘अघिल्लो कार्यकालले इमानदार भएर काम गर्नुभयो । उहाँहरूले पूर्णता दिन नपाएको काम हामी गर्छौँ ।’

मादी २ मा एमालेले २०७४ सालमा जितेका एकाजंग गुरुङलाई फेरि वडाध्यक्ष उम्मेदवार बनाएको छ । चुनावी सभामा बोल्दै उनले आफूले पछिल्लो पाँच वर्षमा गरेको काम जनताले देखेको र त्यसैको आधारमा फेरि चुनाव जिताउने विश्वास व्यक्त गरे । अब चुनाव जितेमा ताङतिङ गाउँसम्म कालोपत्रे सडक पु¥याउने वडाध्यक्ष उम्मेदवार गुरुङले प्रतिबद्धता जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button