पोखरामा ओलीको भाषण : गठबन्धन कलङ्क, ५ दल ५ बाँदर

पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सोमबारको सभामा गाली, गलौजमा उत्रिनुभएको छ । पोखरा रङ्गशालामा एमालेले आयोजना गरेको सभामा उहाँले सत्तारुढ पाँच दललाई देशको कलङ्क र पाँच दललाई बाँदरको संज्ञा दिनुभयो ।

उहाँले भन्नुभयो, ‘ पाँच दलीय गठबन्धन कलङ्क हो, देशको कलङ्क, लोकतन्त्रको कलङ्क, संविधानको कलङ्क । यो गठबन्धन झाडीमा जन्मिएको बच्चा जस्तो हो, कसले फालेको हो थाहा छैन । यस्तो गठबन्धनलाई कसैले साथ दिन्छ भन्ने लाग्दैन ।’

उहाँले पाँच दललाई बाँदरको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ‘पशुपतिमा दर्शन गर्न जाँदा प्रसाद बाँदरले चोर्ला भनेर हेर्नुपर्छ, त्यहाँ त एउटा होइन, ५ वटा बाँदर छन् । ’

उहाँले निर्वाचन आयोगलाई तटस्थ बन्न आग्रह गर्नुभयो । उहाँले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कडा कटाक्ष गर्नुभयो । ओलीले भन्नुभयो , ‘एक जना मान्छे छन् नि १५ वर्ष एमालेको रस चुसेर गएका, काँग्रेसलाई धम्क्याएर ओलीको जस्तो हालत हुन्छ भनेर । ओलीको जस्तो हालत भए त कस्तो पो हुन्थ्यो ?’

उहाँले काँग्रेस, माओवादी लगायतका असन्तुष्ट कार्यकर्तालाई लक्षित गर्दै एमाले प्रवेश गर्न नसके अहिले मत हाल्न र पछि प्रवेश गर्न आग्रह गर्नुभयो ।

उहाँले एमालेबाट चोइटिएको टुक्रालाई पाँच दलले पोखरा जिम्मा लगाउन खोजेको भन्दै व्यङ्ग्य समेत गर्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button