पोखरामा मेयरका प्रत्यासी धनराज आचार्यले गरे मतदान (तस्वीरसहित)

पोखरा । स्थानीय तहको चुनाव पोखरामा शान्तिपूर्ण रुपमा शुरु भएको छ । कास्कीको पोखरा महानगरपालिकामा मतदाताहरुले शान्तिपूर्ण रुपमा मतदान गरेका छन् ।

विहान ७ बजेदेखि नै मतदान शुरु भएको छ । मतदाताहरु उत्साहित रुपमा मतदान केन्द्रमा पुगेका छन् ।

मेयरका अधिकांश उम्मेदवारहरु आ-आफ्ना मतदान केन्द्रमा मत खसाल्नको लागि पुगेको मतदान अधिकृतहरुले जानकारी दिएका छन् ।

मतदानको शुरु मै  पोखरा महानगरपालिकाका पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयरका प्रत्यासी धनराज आचार्यले  विहान ७ : १० बजे  वडा नं ३३ को शान्तिउदय मावि मतदान केन्द्रवाट मतदान गरेका छन् । मतदान स्थलमा ७ बजे अगावै पुगेका उनले सो केन्द्रको मतदान केन्द्र ‘ख’ बाट मत खसालेका हुन् ।

मेयरका एमालेका उम्मेदवार कृष्ण थापाले विहान ७.१५ बजे वडा नम्बर १६ को  विन्ध्यवासिनी मावि बाटुलेचौर मैदान केन्द्रबाट मतदान गर्नेछन ।

मेयर पदका प्रत्यासी अटेरी अभियानका गनेस पौडेलले बिहान ७:३० बजे पोखरा-१४ मा मझेरी पाटनस्थित रामेश्वरी माविबाट मतदान गर्दैछन ।

उपमेयरकी प्रत्यासी पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली काँग्रेस की उम्मेदवार कोपिला रानाभाटले पोखरा २६ विजयपुर स्थित भवानीकालिका उच्च मा.विबाट मतदान गरेकी छन्  । उनले विहान ७ बजे केन्द्र ‘क’ बाट मतदान गरेकी हुन् ।

नेकपा एमालेकी उपमेयरकी  उम्मेदवार मंजु गुरुङले केहि बेरपछि मात्र मतदान गर्ने बताइएको छ  । एमाले उम्मेदवार गुरुङको मतदान स्थल पोखरा ८ स्थित राम आधारभूत निमावि हो  ।

कास्कीमा रहेका पाँच पालिकाका  एक सय ५० मतदानस्थल र तीन सय ३६ मतदान केन्द्रमार्फत मतदाताले मतदान गर्दै छन् ।

निर्वाचन सम्पन्न गर्न कास्कीमा कर्मचारी र सहयोगी गरी दुई हजार ६ सय ८८ जना खटिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button