पोखरा महानगरको मतगणना शुरू, ८ ठाउँबाट गणना हुँदै

१२ नम्बर वडाको बाकस खोलियो

पाेखरा, ३१ वैशाख । पोखरा महानगरको मतगणना सुरु भएको छ ।

२ बजेदेखि सुरु गर्ने भनिएको गणना केही ढिलो सुरू भएको हो ।

दलहरूले प्रतिनिधि पठाउन ढिला गरेका कारण मतगणना अबेर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यहाँका आठ ठाउँबाट गन्न सुरु गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

पोखराको वडा नम्बर १२ बाट गणना थालिएको हो । जिल्ला समन्वय समितिको भवनमा अहिले मतगणना भइरहेको छ ।

पोखरामा मेयरका उम्मेदवार गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य, नेकपा एमालेका  कृष्णबहादुर थापा, राप्रपाका शंकरप्रसाद खराल र  अटेरी अभियानका गनेस पौडेलको चर्चा छ । पोखराको मेयरमा २३ जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस की कोपिला रानाभाट र एमालेकी मञ्जुदेवी गुरुङबिच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । पोखराको उपमेयरमा ८ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन कार्यालयका अनुसार यहाँ  दुई लाख सात हजार ७१२ जना मतदाता रहेकामा एक लाख ४३ हजार मत खसेको  छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button