मेयर जिसीको वडा पोखरा- २८ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी

पोखरा ।  नेकपा एमालेका बैनबहादुर गुरुङलाई १ सय ५२ मतान्तरले हराउँदै पोखरा २८ को वडाध्यक्षमा नेपाली काँग्रेसका श्रीकृष्ण लामिछाने निर्वाचित भएका छन् ।

लामिछानेले १ हजार ६ सय ५८ मत ल्याए भने गुरुङले १ हजार ५ सय ६ मत प्राप्त गरे ।

त्यस्तै महिला सदस्यमा पनि काँग्रेस की डाल्डादेवी भुजेल विजयी बनेकी छन् । भुजेलले १ हजार ६ सय ५६ मत ल्याइन् । उनकी निकटतम प्रतिद्वन्द्वी राधिका पौडेलले १ हजार ४ सय ८० मत ल्याइन् ।

दलित महिला सदस्यमा पनि काँग्रेसकै इन्द्रकला कामी निर्वाचित भएकी छन् । उनले १ हजार ५ सय ६२ मत ल्याइन् । प्रतिद्वन्द्वी एमालेकी सरु विश्वकर्माले १ हजार ५ सय १४ मत ल्याइन् ।

खुल्ला सदस्यमा नेपाली काँग्रेस र नेकपा एमाले १/१ सदस्य जिते ।

यहाँ ३ हजार ७ सय ४ मत खसेको हो ।

मेयर मानबहादुर जिसीको यो वडामा अघिल्लो पटक एमालेले जितेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button