पोखरामा कांग्रेसले जित्यो बहुमत वडाध्यक्ष, एमाले निकै तल

पोखरा, ८ जेठ । पोखरा महानगरपालिकामा हालसम्म गणना भएका २४ वडाहरूमध्ये १७ वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन् । यसअघि २०७४ को चुनावमा ११ वडा मात्रै जितेको कांग्रेसले यो चुनावमा १७ वडा जितिसकेको छ ।

वडा नम्बर २, ३, ४, ७, ९, १०, १२, १३, १४, १६, २३, २४, २५, २६, २७, २८ र ३० मा कांग्रेसले जीत हात पारिसकेको छ । एमालेले १, ५, ६, ८, १५, २० र २९ नम्बर वडामा जितेको छ । अहिले कांग्रेसले जितेका ७, १३, १४, १६, २४, २५, २६, २८ र ३० मा यसअघि एमालेले जितेको थियो । अहिले एमालेले जितेको वडा नम्बर ६ मा यसअघि कांग्रेसले जितेको थियो ।

पोखरामा ३३ वडा छन् । अहिले गणना भइरहेका अधिकांश वडामा कांग्रेसकै अग्रता छ । ०७४ को चुनावमा पोखराको मेयर र उपमेयर सहित दुई तिहाइ अर्थात् २२ वडा एमालेले जितेको थियो भने ११ वडा कांग्रेसले जितेको थियो ।

अहिले मेयरमा एमाले पछाडि छ भने उपमेयरमा अग्रता लिएको छ । वडाको अवस्था हेर्दा २०७४ सालको नतिजा उल्टिने अवस्था देखिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button