थासाङको लाहुरकोटमाथि आगो बलेको देखियो, उद्धार टोली त्यसतर्फ प्रस्थान

पोखारा । सम्पर्कविहीन भएको तारा एयरको जहाज अझै फेला पर्न सकेको छैन् । अहिले मुस्ताङको थासाङ गाउँपालिका-२ लाहुरकोट वरपर शंकास्पद वस्तु देखिएको छ । यार्सा टिप्न गएकाहरूले उक्त क्षेत्रमा आगो बलेको देखेपछि खोज तथा उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले दूरबिनबाट हेर्दा उक्त क्षेत्रमा आगो बलेको देखिएको बताए । ‘लाहुरकोटभन्दा माथितिर केही वस्तु देखिएको जस्तो थियो । तर, त्यो त यार्सा टिप्न गएकाहरूले टाँगेको टेन्ट रहेको छ । उनीहरूले त्यो भन्दा माथितिर आगो लागेको जस्तो देखेको बताएका छन् । सोही आधारमा टोली गएको छ,’ अध्यक्ष गौचनले भने ।

आगो बलेको देखिएको क्षेत्रमा पुग्न २/३ घन्टा लाग्ने र नेपाली सेनासहितको टोली त्यसतर्फ परिचालन भइसकेको उनको भनाइ छ । उक्त क्षेत्र मानापाथी हिमालको फेदमा पर्छ । त्यहाँ पुग्न हिँडेर तीन घन्टा लाग्ने उनको भनाइ छ ।

पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको टुइनटर जहाज १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button