घटनास्थल पुगेका शेरचन भन्छन् – शव चिनिने अवस्थामा छैनन्

पोखरा, १६ जेठ । आइतबार विहानदेखि हराएको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ । मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन । स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ ।

उहाँका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन,’ उहाँले  हाम्रा प्रतिनिधिसँग भन्नुभयो, ‘यहाँको अवस्था भयावह छ । म हेरेर बसिरहेको छु ।’

उहाँ  राती नै त्यसतर्फ जानुभएको हो । जहाजमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उहाँले जानकारी दिनुभयो ।

सेनाको हेलिकोप्टरमा इन्धन सकिएर जोमसोममा थन्कियो, उद्धार कार्य प्रभावित

विमान दुर्घटनाग्रस्त फेला परे पनि उद्धार कार्य हुन सकिरहेको छैन । उद्धारका लागि तैनाथ गरिएको नेपाली सेनाको हेलिकोप्टर इन्धन सकिएपछि जोमसोम विमानस्थलमै छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले भर्खरै इन्धन जोमसोम पठाइएको बताउनुभयो ।

‘सेनाको हेलिकोप्टर उद्धारका लागि हिजै जोमसोम गएको हो । तर, इन्धन सकिएको छ । हामीले भर्खरै पठाएका छौँ । इन्धन पुगेपछि सेनाको टोलीले हेलिकोप्टरमार्फत उद्धार थाल्ने छ ।’

उहाँले दुर्घटनास्थलमा मौसम सफा पनि नभएको जानकारी दिनुभयो ।

आज बिहान तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ को शनिश्चरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनाग्रस्तस्थल १३ हजार फिट उचाइमा पर्दछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button