पोखरामा असार पहिलो साता हेमजा गोल्डकप हुने, पुरस्कार राशि ६ लाख

पोखरा, २६ जेठ । पोखरामा छैठौं शुभकामना गोल्डकप तथा हेमजा गोल्डकप असार पहिलो साता हुने भएको छ । हेमजाको गौरीशंकर मैदानमा असार ४ गतेदेखि गोल्डकप गर्ने आयोजक हेमजा युनाइटेडले जानकारी दिएको छ । प्रतियोगितामा १ विदेशी सहित ८ टिमको सहभागिता हुनेछ ।

विभागीय क्लब एपीएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकन टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, वीरगन्ज युनाइटेड र आयोजक हेम्जा युनाइटेडबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष इन्द्र कुँवरले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ ।

सर्वोत्कृष्ट खेलाडीले ५० हजार, सर्वाधिक गोलकर्ताले २५ हजार, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०/२० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button