तनहुँमा ४ घण्टापछि सडक भासिएको स्थानमा कार खसेको देखियो

तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिएको स्थानमा एउटा कार तल खसेको देखिएको छ ।

मर्स्याङ्दी नदीको खोंचमा कार खसेको देखिएपछि उद्धारको लागि गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण सडक भासिदा आज बिहान करिब ५ बजेदेखि नै पोखरा–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध भएकोमा झन्डै चार घण्टापछि उक्त स्थानबाट तल कार खसेको देखिएको हो । कारमा कतिजना थिए र कोको थिए भन्ने खुलेको छैन ।

सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

अहिले बाटो खुलाउन पहल भएप्पानी तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले बताए। करिब २० मिटर सडक भाँसिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button