पोखरामा तीन सवारीसाधन ठाेक्किदा युवक घाइते

पोखरा न्यूज । पोखराको राष्ट्रबैंक चोकमा तीन सवारीसाधन ठक्कर खाँदा एक युवक घाइते भएका छन् ।

बिहीबार साँझ करिव ७:३० बजे झपेन्द्र कार्की स्मृति पार्क अगाडि ग३प ९१६६ को मोटरसाइकल, ग१ज ४३३७ नम्बरको ट्याक्सी र ग१झ ५२६ नम्बरको सरकारी गाडी एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक घाइते भएका  हुन् ।

घाइते हुनेमा  पोखरा महानगरपालिका -२२ पुम्दीभुम्दीका २३ वर्षीय अनन्त भुजेल रहेको कास्की प्रहरीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए । खड्काका अनुसार उनको मेट्रो सिटी हस्पिटल पोखरामा उपचार भइरहेको छ ।

प्रहरीले सवारीसाधन र चालकलाई  नियन्त्रणमा लिएर  घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button