अव कास्कीको रुपाताल आसपासको मौसमको ताजा जानकारी यसरी हेर्न सकिने

पोखरा न्यूज । कास्कीको रुपाताल र आसपासको मौसम सम्बन्धी ताजा जानकारी हेर्न मिल्ने गरी वेबसाइट तयार गरिएको छ ।

रुपाताल संरक्षण एकीकृत बिकास परियोजनाले सो क्षेत्रमा कति पानी पर्‍यो भन्ने कुराको जानकारी दिने गरी सिस्टम तयार पारेको हो ।

उक्त क्षेत्रमा कति पानी पर्‍यो भनेर मापन गर्न स्वचालित पानी नाप्ने मेशिन जडान गरिएको र उक्त मेसिनले मापन गरेको हरेक दश मिनेटको डाटा कार्यालयको वेबसाइटमा प्रकाशित हुने परियोजनाका कार्यालय प्रमुख विदुर श्रेष्ठले जानकारी दिए ।

तालमा बर्सेनि कति पानी पर्दछ र यसले जलाशयमा कस्तो असर गर्दछ भनेर अध्ययन गर्न उक्त स्वचालित पानी नाप्ने मेशिन राखिएको र यो रुपाताल अवलोकन गर्न आउने पर्यटकसहित सर्वसाधारणलाई समेत उपयोगी हुने कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

कार्यालयले अहिले रुपातालमा ६ मिटर अग्लो बाँध बाँधेर तालको क्षेत्रफल बढाउने गरी निर्माणको काम गरिरहेको छ ।

उक्त स्वचालित पानी नाप्ने मेसिनको जडान तथा आइटी सम्बन्धी कार्य इनोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रालि ललितपुरले गरेको हो ।

कार्यालयले आफ्नो वेबसाइटमा राखेको डाटा यो लिंक मार्फत हेर्न सकिनेछ । https://rcidp.gov.np/

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button