
पोखरा। गोरखामा बिहीबार बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ७: २२ बजे थुमीलाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
गोरखा र छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।
यसअघि आज बिहान ३:५६ बजे कास्की धम्पुस र लुम्लेको बीचभाग लाई केन्द्रविन्दु बनाएर ४.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।