पोखरामा भूकम्पका कारण घर भत्किदा किशोरी घाइते

पोखरा न्यूज । पोखरामा भूकम्पका कारण घर भत्किदा  एक किशोरी घाइते भएकी छन् ।

भूकम्पका कारण घरको आँटी भत्किदा पोखरा -२४ कास्कीकोट स्थित दोपरेकी १५ वर्षीया करिश्मा सुबेदी घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घाइते सुबेदीलाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारको लागि हस्पिटल पठाइएको र उनको अवस्था सामान्य रहेको प्रहरीले उल्लेख गरेको छ ।

बिहीबार बिहान ३:५६ बजे गएको भूकम्पका कारण स्थानीय पूर्णहरि सुवेदीको ढुङ्गा माटोले बनेको २ तले घरमा क्षति पुगेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button