पोखरामा पहिलो किड्नी ट्रान्सप्लान्ट सफल, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सेवा सुरु

पोखरा । अब किड्नीका बिरामीहरूले किड्नी ट्रान्सप्लान्ट गर्न अन्यत्र जानु नपर्ने भएको छ । बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो किड्नी ट्रान्सप्लान्ट सफलता पूर्वक गरिएको छ ।

गण्डकी प्रदेश मै पहिलो पटक प्रतिष्ठानको आन्तरिक खर्च व्यवस्थापन गरी सुरु गरिएको उक्त सेवा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रतिष्ठानको सहकार्यमा सम्पन्न भएको हो ।

केन्द्रका डा. पुकारचन्द्र श्रेष्ठ तथा प्रतिष्ठानका डा. प्रकाश क्षेत्री सहितको टिमले करिब ४ घण्टाको समय लगाएर ५० वर्षीय महिला बिरामीमा ५१ वर्षीय पुरुषको किड्नी प्रत्यारोपण गर्न सफल भएका प्रतिष्ठानका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले बताउनुभयो ।

पोखरामा दैनिक डायलासिस गर्नुपर्ने किड्नी बिरामी ५ सय भन्दा बढी छन् । पोखरामा नै किड्नी ट्रान्सप्लान्ट हुने भएपछि धेरै बिरामीको उपचारमा सहज हुने र आगामी दिनमा उक्त सेवालाई बढाउँदै लैजाने योजना रहेको अस्पताल प्रशासनको भनाई रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button