पोखराबाट ३ चिनियाँ र एक नेपाली ४६ लाख नगदसहित पक्राउ

पोखरा । पोखराको ड्यामसाइडबाट झन्डै ४६ लाख रूपैयाँ नगदसहित चार जना पक्राउ परेका छन्।

शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा कास्की प्रहरीले बिहीबार छापा मार्दा स्रोत नखुलेको ४५ लाख ९७ हजार  रूपैयाँसहित तीन चिनियाँ र एक नेपाली पक्राउ पक्राउ परेका हुन्।

पक्राउ पर्ने नेपालीमा डाइमण्ड टेक्नोलोजी कम्पनीको संचालक नुवाकोट ककनी गाउँपालिका– ७ का सुमन तामाङ तथा एक महिला र दुई पुरुष गरी तीन चिनियाँहरू रहेका छन् ।

अवैध गतिविधि भइरहेको सूचनाका आधारमा कम्पनीमा छापा मार्दा स्रोत नखुलेको नेपाली रकम फेला परेको र त्यहाँ कार्यरत चार जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बैदाम प्रहरी प्रमुख, डिएसपी युवराज भण्डारीले बताउनुभयो ।

उनीहरुले करिब ६ महिनादेखि ड्यामसाइडस्थित बज्र इन होटलमा डाइमण्ड टेक्नोलोजी नामको कम्पनीबाट कार्यालय सञ्चालन गरेका थिए।

कम्पनीमा काम गर्ने चिनियाँ नागरिक पर्यटक भिसामा नेपाल आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। हालसम्म उनीहरूले कुनै पनि कागजात देखाउन सकेका छैनन् ।

चिनियाँ नागरिकको  गिरोह नेपालमा बसेर साइबर अपराध र ठगीका गतिविधि गरिरहेको समेत पाइएको छ । २०७७ पुसमा काठमाण्डौ उपत्यकाबाट १२२ चिनियाँ नागरिक पक्राउ परेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button