हाइटेन्शन लाइनको करेन्ट लागेर पोखरामा एकको मृत्यु

पोखरा । पोखरा महानगरपालिकामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।

पोखरा ५ प्रस्याङ खुँडेपोखरी नजिकै नवनिर्मित घरमा रङ्ग लगाउने क्रममा  हाइटेन्शन लाइनबाट करेन्ट लागेर अन्दाजी ३७ वर्षीय कृष्णबहादुर राना मगरको बिहीबार दिउसो मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय बैदामका अनुसार सिन्धुली घर भई पोखरा -१७ घारीपाटन बस्दै आएका मगरले रङ्ग  लगाउने क्रममा अकस्मात् घरकै आडमा रहेको हाइटेन्शन लाइनमा छोइदा घटनास्थल मै ज्यान गएको हो ।

हाइटेन्शनको मापदण्ड मिचेर घर बनाउँदा मजदुरले ज्यान गुमाउनुपरेको स्थानीयको भनाइ छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button