पोखरामा दिनभर बदली रहने, साँझमा वर्षाको सम्भावना

पोखरामा आज पनि दिनभर बदली रही साँझमा वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी,  गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । त्यस्तै आज मध्यान्ह देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले उक्त प्रदेशका भू-भागहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको पनि जनाएको छ । साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

पोखराको आजको न्युनतम तापक्रम २१ डिग्री सेल्सियस र अधिकतम तापक्रम २९ डिग्री सेल्सियस रहनेछ भने पोखरामा पछिल्लो २४ घन्टामा ४७ मिलिमिटर वर्षा भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button