कक्षा १२ को नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ ।

आज अपरान्ह बोर्डको बैठक बसेपश्चात नतिजा प्रकाशित गरिएको हो । परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको थियो । परीक्षामा देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रबाट ४ लाख १० हजार ५० विद्यार्थीले परीक्षा दिएका थिए ।

नतिजा परीक्षा बोर्ड, नेपाल टेलिकम लगायत विभिन्न वेबसाईट, एसएमएस तथा आइभिआर मार्फत केही समय पश्चात् हेर्न सकिनेछ । ग्रेडिङ पद्धति अनुसार प्रकाशित परीक्षाफलमा कम्तिमा ३५ प्रतिशत अंक नल्याएको विषयमा ग्रेडिङ प्राप्त हुनेछैन ।

दुई भन्दा बढी विषयमा ग्रेडिङ उल्लेख नभएको विद्यार्थी उच्च शिक्षाका लागि भर्ना हुन पाउने छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button