
भारतमा तीव्र गतिमा कुदेको ट्रकले रोकी राखेको बसलाई ठक्कर दिँदा ४ जना नेपालीको मृत्यु भएको छ ।
शनिबार बिहान करिब ३:३० बजे उत्तर प्रदेशको बाराबङ्कीमा भएको घटनामा अन्य १४ जना घाइते भएका छन् । ६० नेपाली यात्रु बोकेको बसलाई तीव्र गतिको ट्रकले ठक्कर दिएको थियो । मृत्यु हुनेमा प्रेम थारु, शीतल थारु, चक्र बहादुर र अर्का एक सनाखत हुन बाकिँ पुरुष रहेका छन् ।
घाइते १४ जनालाई जिल्ला अस्पतालमा भर्ना गरिएकोमा गम्भीर घाइते दुई जनालाई लखनउ ट्रमा सेन्टरमा रिफर गरिएको जनाइएको छ । नेपालबाट गोवातर्फ जाँदै गरेको बस एउटा टायर पंचर भएर टायर फेर्न रोकेर राखेको अवस्थामा ट्रकले ठक्कर दिएको थियो ।





