
फ्लाइट इन्डिकेटरमा समस्या देखिएपछि पोखरा विमानस्थलमा समिट एयरको विमानले आकस्मिक अवतरण गरेको छ ।
बिहान ८:५९ बजे १८ यात्रु बोकेर पोखराबाट जोमसोमका लागि उडेको सो विमानमा प्राविधिक समस्या देखिएपछि उडानको ७ मिनेट मै पुन पोखरा विमानस्थलमै अवतरण गरेको थियो । दायाँ इन्जिन बन्द गरेर अवतरण गराइएको विमानमा रहेका सबै यात्रु सकुशल रहेका छन् । विमानमा यात्रुबाहेक उडान दलका ४ सदस्य रहेका थिए ।





