
पोखरामा आज बिहानै देखि पानी परेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकीसहित प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
मौसम पुर्वानुमान विभागका अनुसार आज दिउँसो पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । त्यस्तै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
पोखराको आज न्युनतम तापक्रम २१ डिग्री सेल्सियस र अधिकतम तापक्रम २९ डिग्री सेल्सियस रहने छ ।





