पोखराको महेन्द्रपुलमा महानगरको डोजर चल्यो, हेर्नुहोस् तस्वीरहरु

पोखराको महेन्द्रपुलमा पोखरा आर्ट ग्यालरी रहेको भवनसहित आसपासका सटरमा महानगरले डोजर चलाएको छ । नदीको किनारमा रहेका ती संरचना जीर्ण बनेको र दुर्घटना निम्त्याउन सक्ने भन्दै हटाउन लागेको मेयर धनराज आचार्यले बताएका छन् ।

उक्त संरचनाहरु पोखरा महानगरको आफ्नै जग्गामा निर्माण गरिएका थिए । महानगर त्यहाँका सटर हटाउन ३५ दिन अघि नै सुचना दिइसकेको थियो । उक्त स्थानमा अब खुला ठाउँ रहने तर पार्क वा के बनाउने भन्ने बारे विज्ञसँग राय लिएर अघि बढ्ने मेयर आचार्यको भनाई छ । हाल सो स्थानमा रहेको पोखरा ग्यालरी पृथ्वीचोकमा बन्ने पोखरा हाउसमा सारिने पनि आचार्यले जानकारी दिए ।

हेर्नुहोस् यी तस्वीरहरु

तस्वीर : सन्तोष ढुङ्गाना

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button