बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन

बेलायतकी महारानी एलिजावेथ द्वितीयको बिहीबार निधन भएको छ ।

उनको स्कटल्याण्डस्थित बाल्मोरल क्यासलमा बिहीबार अपरान्हको समयमा निधन भएको हो । आफ्ना चारै सन्तानको तथा नाति विलियमको बीच रहेर उनले शान्तिपुर्वक प्राण त्याग गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् । बेलायतको इतिहासमा सबैभन्दा लामो शासन गर्ने महारानी एलिजावेथको ९६ वर्षको उमेरमा निधन भएको हो ।

७ दशकसम्म बेलायतको राजगद्दी सम्हालेकी उनको सम्झनामा लण्डनको बकिम्हम प्यालेसमा ठूलो भीड जम्मा भएको छ । उनको निधनको शोकमा बकिम्हम प्यालेसको झन्डा पनि आधा झुकाइएको छ । उनले दुई दिन अघिमात्र बेलायतकी नयाँ प्रधानमन्त्री लिज ट्रससँग भेट गरेकी थिइन् । उनको शासनकालमा बेलायतमा विन्स्टन चर्चिल लगायत १५ जना प्रधानमन्त्री भइसकेका छन् ।

उनको निधनमा विश्वभरका नेता तथा सम्मानित व्यक्तित्वबाट समवेदनाका सुचनाहरु पठाइएको छ । निधनको केही समय पछि बकिम्हम दरबार बाहिर बनेको इन्द्रेणीको तस्वीर हाल सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ ।

महारानी एलिजावेथको मृत्यु पछि उनका जेठा छोरा चार्ल्स बेलायतका नयाँ राजा घोषित भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button