बच्चा चोरीका समाचार भ्रामक, अपुष्ट सुचना सेयर नगर्न साइबर ब्युरोको अनुरोध

नेपाल प्रहरीको साइबर ब्युरोले भारतबाट बच्चा चोर्न माग्ने र जोगीका भेषमा मानिस नेपाल आएको समाचार भ्रामक भएको भन्दै त्यस्ता अपुष्ट समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

साइबर ब्युरोले आज एक सुचना जारी गर्दै “भारतबाट माग्ने र जोगीका भेषमा बच्चा चोरी गर्ने मानिसहरु नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरु चोरी गरि भारत लगेर मृगौला, आँखालगायत विभिन्न अङ्ग झिकेर बिक्री गर्ने गरेको” भन्ने व्यहोरामा सामाजिक सञ्जालमा सेयर गरिएका प्रचारहरु भ्रामक रहेको बताएको हो । सामाजिक सञ्जालमा पोस्ट भएझैं त्यस्तो घटना देशभरको कुनै नि प्रहरी कार्यालयमा उजुरी नभएको र त्यस्तो सुचना विश्वास नगर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रहरीले यस किसिमका घटनाको जानकारी पाएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न पनि अनुरोध गरेको छ । साथै बिना प्रमाण समाजमा त्रास फैलाउने, कुनै जाति विशेष प्रति घृणा फैलाउने खालका भ्रामक प्रचार गर्ने जोकोहीलाई पनि प्रचलित कानुन बमोजिम कारवाही गरिने पनि प्रहरीले उल्लेख गरेको छ ।

केही दिनयता सामाजिक सञ्जालमा बच्चा चोरी सम्बन्धित पोस्टहरु भाइरल भएका छन् । केही दिनअघि बुटवलबाट हराएका तीन किशोर भारत पुगेसँगै यस्ता पोस्टहरु अझै व्यापक फैलिएको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button