नेपालमा डेङ्गी संक्रमितको संख्या १२ हजार नाघ्यो

नेपालमा डेङ्गी संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारको तथ्यांकअनुसार साउनदेखि २९ भदौसम्म १२ हजार दुई सय १७ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ ।

यस्तै, डेङ्गी संक्रमणबाट हालसम्म ११ जनाले ज्यान गुमाएका छन् । नेपालमा पहिलो पटक २०६१ सालमा डेङ्गीका बिरामी फेला परेका थिए । तत्पश्चात नेपालमा डेङ्गी बर्षेनी देखिएको छ । हाल देशको सात प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेङ्गी फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button