पोखराका आवास क्षेत्रबाट कवाडी सार्न ३५ दिने अल्टिमेटम, नमाने कारवाही हुने

डेङ्गी रोगको प्रकोप फैलिएको भन्दै पोखरा महानगरले मुख्य आवास क्षेत्रमा रहेका कवाडी संकलन केन्द्र कम्तिमा ५०० मिटर दुरी भन्दा पर सार्न ३५ दिने सुचना जारी गरेको छ ।

आज महानगरले प्रकाशित गरेको सुचना अनुसार कवाडी संकलन केन्द्रबाट डेङ्गी लगायत विभिन्न महामारी आवास क्षेत्रमा फैलिन मद्दत पुगेको हुनाले त्यस्ता व्यवसाय अब आवास क्षेत्र भन्दा कम्तिमा ५०० मिटर पर स्थापना गर्नुपर्नेछ । महानगरले त्यस्ता कवाडी व्यवसाय सञ्चालन गरिएका घर जग्गाका धनीलाई पनि कवाडी सञ्चालनका लागि जे जस्तो सम्झौता भएपनि त्यसलाई संशोधन गर्न निर्देशन दिएको छ ।

सुचना प्रकाशित भएको ३५ दिन भित्र त्यस्ता कवाडी निर्देशन बमोजिम नसारिए घर जग्गा धनी र कवाडी व्यवसायी दुवैलाई कारवाही हुने चेतावनी पनि महानगरले दिएको छ । महानगरले कवाडी संकलन केन्द्र, गोदाम, घर तथा व्यवसाय वरपर पानी जम्ने खाल्डा, खुला ड्रम, टिनका भाँडा, टायर, गमला जस्ता पानी जम्ने स्थान खोजी गरेर नष्ट गर्न पनि महानगरवासीलाई अनुरोध गरेको छ ।

पछिल्लो समय व्यापक फैलिएको डेङ्गीका बिरामी देशभर १२ हजार नाघिसकेका छन् भने ११ जनाको मृत्यु पनि भइसकेको छ । डेङ्गीका लामखुट्टे सफा पानी जम्ने स्थानमा प्रजनन गर्ने हुँदा त्यस्ता पानी जम्ने स्थान नष्ट गर्न महानगरले अभियान चलाएको हो ।

सुचना :

महानगरद्वारा जारी सुचना

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button