
यात्रुवाहक बसको ठक्करबाट स्कुले बालकको मृत्यु भएपछि धादिङको गजुरी तनावग्रस्त बनेको छ ।
गजुरीको आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत ६ वर्षीय विजय परियारलाई काठमाडौँबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले ठक्कर दिएको थियो । ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएका बालकको शव स्थानीयले उठ्न दिएका छैनन् भने गजुरी तनावग्रस्त बनेको छ । बाटो काट्दै गर्दा जेब्रा क्रसिङ मै ठक्कर दिएको भन्दै शव जेब्रा क्रसिङ मै राखेर स्थानीयले प्रदर्शन गरेका छन् ।
आक्रोशित भीडले बसमाथि आगजनी गरेका छन् भने स्थानीय प्रदर्शनमा उत्रँदा राजमार्गमा सवारी आवागमन ठप्प बनेको छ ।